मेलम्चीको पानी दुई साता ठप्प
SamacharDesk | २०८० बैशाख ३१, आइतबार

काठमाडौंको धारामा झण्डै दुई साता मेलम्चीको पानी नआउने भएको छ ।
जेठ १ गते सोमबारदेखि झण्डै २ साता मेलम्चीको पानी वितरण ठप्प हुने भएको छ । २०७८ को बाढीले हेडवर्कस र सुरुङमा पु¥याएको क्षति मर्मत गर्न पानी नछोड्ने निर्णय भएको हो ।
हेडवर्कस मर्मत नभए पनि आयोजनाले भने कम क्षमतामा भए पनि पानी वितरण गर्दै आको थियो । मेलम्ची खानेपानी विकास समितिका अनुसार वर्षायामलाई ध्यानमा राख्दै सुरुङको रेक्टिफिकेसन र हेडवर्कसलगायतका संरचना मर्मत गरिनेछ ।
मर्मतपछि वर्षायाममा पनि पानीको वितरण नियमित राख्ने समितिको योजना छ । यसका लागि परामर्शदाताले ८ देखि १५ दिनको कार्ययोजना बनाएका छन् ।
यो अवधिमा उक्त कार्ययोजना अनुसार काम गरिने छ । त्यसैले पानीको वितरण जेठ १ देखि बन्द हुने जानकारीको पत्र समितिका कार्यकारी निर्देशक इन्जिनियर कमलराज श्रेष्ठले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई पठाउनुभएको छ ।
मागको अनुपातमा काठमाडौंमा केयुकेएलले पानी पु¥याउन सकेको थिएन । मेलम्चीको पानी आउँदा काठमाडौं महानगरमा खानेपानी वितरण हाल सहज बनेको छ ।
मर्मतका लागि केही दिन आपूर्ति रोकिँदा भने व्यवस्थापन फेरि जटिल हुने भएको छ ।
Categorized in राष्ट्रिय