मेलम्चीको पानी उपत्यकाको धारामा
SamacharDesk | २०८१ आश्विन २४, बिहिबार

बाढी र पहिरोका कारण पटक पटक बन्द भएको मेलम्चीको खानेपानी आजदेखि काठमाडौं उपत्यकामा वितरण शुरु गरिएको छ ।
मेलम्ची खानेपानी विकास समितिले मङ्गलवारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुरु गरेको हो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशर्क. रत्नप्रसाद लामिछानेले हाल काठमाडौं उपत्यकामा मेलम्ची खोलाबाट दैनिक २२ करोड लिटर पानी ल्याइएको जानकारी गराउनुभयो ।
पानी पठाउने संरचनामा निरन्तर अनुगमन गरेर क्षतिबाट बचाएकोले समयमै पानी काठमाडांैमा पठाउन सकिएको प्रमुख लामिछानेले जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक लामिछानेले अहिले २२ करोड लिटर पानी उपत्यकामा ल्याइएको भएपनि चैत र वैशाख महिनामा भने १७ करोड लिटर मात्रै ल्याइने जानकारी दिनुभयो ।
२०७८ साल असार १ गते र साउन १६, १७ गते मेलम्ची नदिमा आएको विनाशकारी बाढीले मेलम्ची नदिको पानी डाइभर्सन गर्न बनाइएको हेडवक्र्सका संरचना पूर्णरुपमा नष्ट भएपछि वर्षाको समयमा पानी काठमाडौंमा पठाउन छोडिएको थियो ।
वर्षा कम भएसँगै पानी काठमाडौं उपत्यकामा पठाउन थालिएको हो ।
Categorized in राष्ट्रिय