arin enterprises

प्रमोद खरेलको आवाजमा ‘मेरो आफ्नै संसार’ सार्वजनिक: भिडियोसहित

SamacharDesk – विजयरत्न | २०८३ जेठ १४, बिहिबार

नेपाली साङ्गीतिक क्षेत्रमा शंकर पाण्डे मुक्तिको नयाँ गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ ।

बिहीबार मानव सेवा आश्रममा आयोजित एक विशेष समारोहबीच उक्त गीत सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिकी कार्यक्रममा बोल्दै गीतका रचनाकार शङ्कर पाण्डे ‘मुक्ति’ले गीत केवल मनोरञ्जनका लागि मात्र नभई समाजप्रतिको उत्तरदायित्वबोधका साथ तयार गरिएको बताए ।

गीतका बारेमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधव खरेल  प्रा. ध्रुव पौडेल लगायतलले आ–आफ्ना भनाइ राखेका थिए ।

सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोको निर्देशक माधवराज खरेल हुन् ।

भिडियोमा कलाकारहरू दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाल लगायतको अभिनय छ । साथै बाल कलाकार आयुश पाण्डे, मीरु पराजुली, समझ पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको पनि अभिनय रहेको छ ।

भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने दृश्य सम्पादन विनोद बमले गरेका छन् ।

सर्जक मुक्तिको शब्दलाई सन्तोष श्रेष्ठले संगीत दिएका छन् भने चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ ।

Categorized in पेजथ्री