arin enterprises

मेस्सी दुई खेलका लागि प्रतिवन्धित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ ७, बुधबार

फुटबल जगतका महारथी भनेर समेत चिनिने बार्सिलोनाका कप्तान अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सीलाई दुई खेलका लागि प्रतिवन्धित गरिएको छ ।

स्पेनिस सुपर कप अन्तर्गत आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेलमा रातो कार्ड पाएका मेस्सी दुई खेलमा प्रतिवन्धित भएका हुन् ।

थप गरिएको समयको पनि अन्तिम समय तिर मेस्सी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । एथ्लेटिकका भिल्लालिब्रेलाई फाउल हालेका भन्दै मेस्सीलाई रेफ्रीले मेसीलाई सिधा रातो कार्ड देखाएका थिए ।

भिल्लालिब्रेलाई तानेको विषयमा अनुसन्धान गर्दै स्पेनिस फुटबल फेडेरेसनको अनुसासन समितिले मेस्सीलाई २ खेलको प्रतिबन्ध लगाएको हो ।

३३ वर्षीय मेस्सीले क्बल करिअरमा पहिलो रातो कार्ड र फुटबल जीवनमा दोश्रो रातो कार्ड खाएका थिए ।

अब मेस्सीले बिहीबार कोपा डेल रे अन्तर्गत कोर्नेलाविरुद्धको अन्तिम ३२ को खेल र आइतबार ला लिगाअन्तर्गत इल्चेविरुद्धको खेल खेल्न पाउने छैनन् ।

कप्तान मेस्सीलाई प्रतिबन्धको निर्णयपछि बार्सिलोनाले भने अपिल गर्ने भएको छ ।

Categorized in स्पाेर्ट्स