मेसीको नयाँ किर्तिमान
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ९, सोमबार

आइतवार राति सोसिडाडविरुद्धको खेल खेलेसँगै मेसी बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।
सन् २००४ देखि बार्सिलोनाबाट खेलेको ३३ वर्षीय मेसीले हालसम्म बार्सिलोनाबाट ७६८औं खेल खेलेका छन् । मेसीले गत साता ७६७ औं खेल खेलेर जाभीको कीर्तिमानसँग बराबरी गरेका थिए ।
१७ बर्ष बार्सिलोनाबाट खेल्दा मेसीले १० पटक ला लिगाको यस्तै चार पटक युरोपियन च्याम्पियन्स लिग जितेका उपाधि जितिसकेका छन् ।
हाल सम्म मेसीले बार्सिलोनाका लगि ६६३ गोल गरिसकेका छन् ।
Categorized in स्पाेर्ट्स
