arin enterprises

काष्ठ उद्योगमा आगलागी हुँदा १५ लाखको क्षति

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ २२, सोमबार

पाटनको लगनखेलस्थित पाटन औद्योगिक क्षेत्रभित्र एउटा काष्ठ उद्योगमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ ।

पाटनको हात्तिबन बस्ने पदम बहादुर श्रेष्ठको सिजिनिङ काष्ठ उद्योगमा आइतबार दिउँसो आगलागी भएको थियो ।

सो आगलागीमा २ हजार ५ सय क्यूबफिट काठ समेतका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।

दुई वटा दमकलको साथमा प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा आगलागी नियन्त्रणमा लिइको थियो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in समाज