arin enterprises

मिनि बस दुर्घटनामा ५ को मृत्यु

SamacharDesk | २०८१ पौष १, सोमबार

दाङको लमहीमा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

लमही–कोहलपुर सडकखण्डको च्याउ खोलामा आज बिहान लु १ ज ४२९८ नम्बरको मिनी बस दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिकाका फुलसी थारु र सोही ठाउँकी तिर्थी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायले जानकारी दिनुभयो ।

कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको उक्त बस अनियन्त्रित भई दुर्घटना भएको थियो । घाइतेहरु सबैको लमही अस्पतालमा उपचार भई रहेको छ ।

उता झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दमक सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश न. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा रहेका झापा गौरादह नगरपालिकाकी जमुना धिमाल र सोही ठाउँकी ओम कुमारी राईको मृत्यु भएको हो ।

मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिकाका बिराज थापाका भने उपचार भई रहेको छ ।

त्यस्तै शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर–५ का सन्तोषकुमार लिम्बू रहेकाछन् । उन्को उपचारको क्रममा मृत्यु भएको हो ।

Categorized in समाज