arin enterprises

गुँला पर्वमा पर्यटनमन्त्री श्रेष्ठ सहभागि, स्वयम्भू महाचैत्यको परिक्रमा

SamacharDesk | २०७९ श्रावण २३, सोमबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागि भइ काठमाडौंकोस्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएको छ ।

नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमागरिन्छ ।

यसैक्रममा मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमा गर्नुभएको हो । गुँला पर्व बुद्ध धर्मवालम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

काठमाडौंको बौद्ध परम्परामा यसको विशेष महत्व रहेको उहाँको भनाइ छ । गुँला महिना भर धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा खिं जस्ता बाजा बजाई पूजापाठ गर्ने प्रचलन छ । यस पर्वमा अघिअघि बाजा र सङ्गीत, पछि पछि भक्तजनहरू रहने गर्दछन् ।

यस पर्वले विभिन्न बाजा लगायत संस्कृतिको संरक्षणमा टेवा पुर्याएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले यसको जीवन्तताको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

यसअघि शनिबार मन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले  पशुपति क्षेत्रभित्रका विभिन्नस्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु,विश्वरुपा मन्दिर,मृगस्थली, शेल्षमान्तक वन, विभिन्नमठमन्दिर, स्तूप, सत्तललगायत स्थलको हिँडेरै अवलोकन गर्नुभएको थियो ।सो अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभयो ।

उहाँले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रवन्ध मिलाउननिर्देशन दिनुभयो । मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिरपुनःनिर्माणको अवस्थाबारे पनि उहाँले जानकारी लिनुभयो ।

सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्रखुला संग्रहालयको रूपमा रहेकोबताउनुहुँदै उहाँले सुरक्षा, संरक्षण रसरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिनुहुँदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ । त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको छ ।

Categorized in राष्ट्रिय