नवनियुक्त मन्त्रीहरुको प्रतिबद्धता
SamacharDesk | २०७९ माघ ३, मंगलबार

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज मन्त्री हुनेहरु नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ जना रहेका छन् ।
नवनियुक्त भएसँगै मन्त्री तथा उपप्रधानमन्त्रीबाट आ–आप्mनो मन्त्रालय पुगी पदभार समेत ग्रहण गर्नुभएको छ । पदभार ग्रहणसँगै उनीहरुले आप्mनो कार्यकाल इमान्दारिपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री बन्नु भएका राजेन्द्र लिङदेनले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्य दल बनाउने पहिलो निर्णय गर्नु भयो । विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने उहाँको भनाइ छ ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु¥याउनु प्राथमिकता भएको बताउनुभएको छ । उहाँले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पु¥याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको हो ।
त्यस्तै नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने बताउनुभएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै पालिकाहरुमा निर्माणाधिन अस्पतालहरुमा आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापनमा पनि ध्यान दिइने बताउनु भयो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले मन्त्रालयमा आएपछि स्वास्थ्य सेवाका न्युनतम मापदण्ड सम्बन्धी पहिलो निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा सबै नेपालीहरुको पहुँचमा पु¥याउनका लागि मापदण्ड बनाउने बताउनुभयो ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँगको समन्वयमा काम गर्ने बताएका छन्।
नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाउनुभएको छ । नेपालको पश्चिममा पुल नहुँदा तुइनबाट खोला तर्दा मानिसहरुको खसेर मुत्यु भइरहेको भन्दै सबै भन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताउनुभएको हो । मन्त्री पाण्डेले कालीगण्डी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताउनु भयो ।
त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती ऐन छिट्टै ल्याउने बताएका छन् । मंगलबार पदभार ग्रहणपछि मन्त्री मोदीले सरोकारवालाहरुसँग छलफल गरेर निजामति ऐन ल्याउने बताएका हुन् । मन्त्री मोदीले प्रदेश र स्थानीय तहमा भएका कर्मचारीहरुको कार्यसम्पादनबारे मौजुदा समितिको मूल्यांकनलाई मान्ने निर्णय गरेका छन् ।
Categorized in राष्ट्रिय