अध्यक्ष यादव तथा सुडीको राष्ट्रपतिबाट शपथ ग्रहण
SamacharDesk | २०८० फाल्गुण २७, आइतबार

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह सुडीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिनुभएको छ । मन्त्रिीपरिषदको सिफारिसमा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री नियुक्त हुनुभएको छ ।
यसैगरी, जसपाकै नवलकिशोर साहले वन तथा वातावरण मन्त्रीको जिम्मेदारी पाउनुभएको हो । यससंगै दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ ।
शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले जनताको सेवा गर्न वरियताले फरक नपर्ने बताउनुभएको छ ।
पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरियतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उहाँले जनताको सेवा गर्नेलाई वरियताको मतलव नहुने बताउनु भयो ।
उहाँले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिनुभयो ।
उहाँले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गर्नुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनु आफ्नो पहिलो दायित्व रहेको बताउनु भयो ।
Categorized in राष्ट्रिय