arin enterprises

स्वास्थ्य मन्त्रालयले फेरी भन्यो दैनिक १० हजार परिक्षण गर्छौं

SamacharDesk – विकाश | २०७७ आषाढ १८, बिहिबार

स्वास्थ्य मन्त्रालयले केही दिन अघि असार १५ गतेबाट दैनिक १० हजार परिक्षण गर्ने जनाएको थियो । तर अहिलेको अवस्था हेर्ने हो भने दैनिक १० हजार परिक्षण हुन सकिरहेको छैन । 

मन्त्रालयले भने विगतमा डेढ लाख बढि व्यक्ति क्वारेन्टीनमा रहेको बेला १० हजार परिक्षण गर्ने भनिएको र हाल क्वारेन्टीनमा रहनेको संख्या कम हुँदै गएकोले यो आवश्यक नरहेको भन्दै बचाउ गरेको थियो ।

तर मन्त्रालयले आजको नियमित प्रेस व्रिफिङमा फेरी दैनिक १० हजार परिक्षण गर्ने कुरा दोहोर्याएको छ ।

प्रेस व्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुरुका दिनमा शंकास्पद विरामीको नमूना संकलन गरी परिक्षणका लागि विदेश पठाउने गरिएकोमा हाल देशका विभिन्न स्थानमा रहेका २३ वटा प्रयोगशालाबाट परिक्षण भइरकेको बताए ।

निकट भविष्यमा नै १० नयाँ प्रयोगशाला थप गरी ३३ वटा प्रयोगशालाबाट दैनिक १० हजारसम्म परिक्षण क्षमताको विकास गरीने प्रवक्ता गौतमले बताए ।

अहिले दिन प्रतिदिन परिक्षणको दर वृद्धि हुँदै गएको गौतमको भनाई हो ।

नेपालकासातै प्रदेशमा आवश्यक उपकरण, दक्ष जनशक्ति लगायतको व्यवस्थापन गरी रोग निदान गर्न सफल भएको दावी पनि मन्त्रालयले गरेको छ ।

पिसिआर परिक्षणको विषयमा साग राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, अफगानस्तान, बंगलादेशभन्दा नेपाल अगाडी रहेको र विकसित मूलुकमा भन्दा नेपालमा मृत्युदर कम रहेको दावी आज पनि डा. गौतमले दोहोर्र्याए ।

Categorized in राष्ट्रिय