धीरजकाजी र सजीना बने “मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४”
SamacharDesk | २०८१ बैशाख २०, बिहिबार

सनुर्वी इन्टरनेसनलले आयोजना गरेको “मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४” उपाधि धीरजकाजी बस्नेत तथा सजीना खनालले जितेको छ ।
मिस्टर एन्ड मिस नेसनल नेपालले विजेताहरुले उपाधिसँगै ५ लाख बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
बुधबार काठमाडौंमा भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा धीरजकाजी बस्नेतले यस बर्षको मिस्टर सुपर नेसनल नेपाल र सजीना खनाल मिस सुपर नेशनल नेपालको उपाधि जित्न सफल भएको हो ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा टप २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए । प्रतियोगिताका विभिन्न विधाका उत्कृष्टहरुले पनि विभिन्न टाइटल जितेका छन् । यसअघि नै ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीम वेयर राउन्ड भैसकेको थियो । यी राउण्डमा प्रतिस्पर्धीहरुले आफ्ना प्रतिभा देखाइसकेका थिए ।
विजेताहरु मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने छ ।
Categorized in पेजथ्री