arin enterprises

सुज्योति डंगोल बनिन् मिस लिटिल नेवाः ११४३

SamacharDesk – Aakash Rajopadhyaya | २०८० बैशाख ५, मंगलबार

मिस लिटिल नेवाः ११४३ को उपाधि सुज्योति डंगोलले चुमेको छ ।

नेप्लिज फेसन होमको आयोजनामा राजधानीमा सम्पन्न राजधानीमा हालै सम्पन्न नेवार समुदायका बालिकाहरुको प्रतिभामूलक प्रतियोगितामा सुज्योति डंगोल मिस लिटील नेवा: ११४३ भएकी हुन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभूति विद्यामन्दिरको कक्षा ९ मा अध्ययनरत डङ्गोलले पुरस्कारबापत २५ हजार रुपियाँ प्राप्त गरेकी छन् भने प्रमुख उपाधिका साथ मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपाधि विजेता पनि भएको छ ।

त्यसैगरी पुष्पसदन बोर्डिङ हाईस्कुलको कक्षा ८ मा अध्ययनरत सफिना श्रेष्ठ फस्ट र खोप्रिङ इङ्ग्लिस एकेडेमीको कक्षा ७ की ग्रीष्मा राजचल सेकेन्ड रनर्सअपका साथमा मिस फोटोजेनिक उपाधि विजेता भयो । फस्ट र सेकेन्ड रनर्सअपले पुरस्कारबापत क्रमशः १५ र १० हजार रुपियाँ नगद प्राप्त गरेको छ ।

रोटेरियन, पूर्वप्रमुख इतिहास विभाग एसोसिएटेड प्रोफेसर डा. विमला शाक्यको सभापतित्व तथा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा अनिका महर्जन मिस ट्यालेन्टेड र मिस डिसिप्लेन, अव्रिशा महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ र वेस्ट स्माइल, वेदान्सी डंगोलले उपाधि जितेका छन् ।

त्यस्तै सोसियल वेलफेयर एम्बेस्डर चिफ, निभा कायस्थ सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, विमिशा डंगोल वेस्ट नेपाल भाषा, लुञ्जला महर्जन बेस्ट ड्रेस र मिस ट्यालेन्टेड फस्ट रनर्सअप, सुहिना श्रेष्ठ मिस पब्लिक च्वाइस, प्राज्ना महर्जन मिस पर्सनालिटी र मिस चार्मिङको उपाधि हात पारेका छन् ।

वेष्ट हेयरको उपाधि मुखु महर्जन, लुमना महर्जन वेस्ट नेपाल भाषा फस्ट रनर्सअप र मिस फ्रेन्डसिप, रुही महर्जन वेस्ट नेपाल भाषा सेकेन्ड रनर्सअप, इच्छा महर्जन मिस कल्चर, विपश्वी मानन्धर वेस्ट स्किन र नुजला सिंह महर्जन मिस इलिजेन्ट उपाधि विजेता भएका छन् ।

Categorized in पेजथ्री