arin enterprises

मिस नेपाल २०२४ को आवेदन खुला

SamacharDesk | २०८० चैत्र १५, बिहिबार

हरेक वर्ष आयोजना हुँदै आएको द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ ।

बुधवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा यस वर्षको संस्करणको घोषणा गरेको हो । २०८१ जेठ १ गते सम्म इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछ ।

इच्छुक नेपाली युवतीहरुले आवेदन दिनका लागि न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

मिस नेपाल २०२४ को ग्राण्ड फिनाले २०८१ साउन १९ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ । प्रतियोगितामा भाग लिनका लागि आवेदनको कुनै पनि शुल्क लाग्ने आयोजकले जनाएको छ । 

इच्छुकले मिस नेपालको वेबसाइट र एपमार्फत  आवेदन दिन सक्ने छन । यस वर्ष पनि मिस नेपाल वल्र्ड,  मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ ।

यस पटक मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरू खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौँ लगायत विभिन्न सहरमा हुनेछ ।

कार्यक्रममा मिस नेपाल वल्र्ड २०२२ प्रियंकारानी जोशी,  मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाह र मिस नेपाल अर्थ २०२३ रेना मजगैयाँले गत वर्षको अनुभव सुनाएका थिए ।

Categorized in पेजथ्री