arin enterprises

यस वर्षको मिस नेपाल वल्र्डको ताज प्रियंका रानी जोशीले पहिरिन्

SamacharDesk | २०७९ आषाढ ४, शनिबार

यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।

द हिडन ट्रेजरको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा मिस नेपाल नम्रता श्रेष्ठले जोशीलाई ताज पहिर्‍याइ दिइन् ।

त्यस्तै मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का घोषित भए । फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।कार्यक्रममा विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड(१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो ।

Categorized in पेजथ्री