सलिना महर्जन १६औं मिस नेवाः
SamacharDesk | २०७९ बैशाख २०, मंगलबार

१६औं संस्करणको नेवार सुन्दरी “मिस नेवाः”को ताज चःमतिकी सलिना महर्जनले हात पार्न सफल भएको छ ।
नेप्लिज फेसन होमद्वारा आइतबार राति राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा १८ सहप्रतिस्पर्धीलाई पछाडि पारेर सलिना यो वर्षको नेपाल टेलिकम मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन्।
त्यस्तै काठमाडौंको ठमेलकी सविना बज्राचार्य फष्ट र भक्तपुरको ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भएका छन्। रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा आस्था श्रेष्ठ सोसल वेलफेयर एम्बेस्डर चिफ, अतृशा महर्जन सोसल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, सिर्जना महर्जन यूएफओ मिस ट्यालेन्ट र लुमन्ती महर्जन वेस्ट नेपाल भाषा भएका छन्।
त्यसैगरी, विजेता बज्राचार्य मिस पर्सनालिटी र मिस फोटोजेनिक, नेहा माली मिस चार्मिङ, स्नेहा श्रेष्ठ बेस्ट स्माइल, सिर्जुला महर्जन बेस्ट हेयर, कीर्तिका दुवाल बेस्ट स्किन, स्नेहा श्रेष्ठ मिस डिसिप्लेन, विशेषता मानन्धर मिस फ्रेन्डसिप, स्वेच्छा महर्जन मिस पब्लिक च्वाइस र शिला प्रजापति बेस्ट डझेसको उपउपाधि विजेता भएका छन्।
मुख्य निर्णायक एनआरएन यूकेका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठद्वारा सोधिएको काठमाडौं महानगरपालिकाको मेयर हुनलाई के(के गुण जरुरी छरु भन्ने प्रश्नमा सलिनाले मेयर हुन पहिला आफैँ सक्षम हुनुपर्ने, नेतृत्व विकासको क्षमता हुनुपर्ने, नेवारी कला, संस्कृति र भाषाको प्रवद्र्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट सिटी मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सीमित नभई वास्तविकरुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन् । यही प्रश्नको जवाफबाट नै उनी निर्णायक मण्डलहरुको मन जित्न सफल भइन र यस वर्षको ताज पहिरिन सफल भएकी थिइन । उनलाई मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले ताज पहिराइदिएकी थिइन्।
Categorized in पेजथ्री