मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने निश्चित
SamacharDesk | २०८१ जेठ २०, आइतबार
भारतमा हालै सम्पन्न सातौं चरणको चुनावी परिणाम अनुसार प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी अग्रस्थानमा रहेको जनाइएको छ ।
निर्वाचनको परिणा आगामी मंगलबार मात्र सार्वजनिक हुनेछन् तर प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि पनि निश्चित हुने सक्ने एक्जिट पोलले देखाएको छ ।
भारतमा कुनै पनि दल वा गठबन्धनलाई सरकार बनाउन संसदमा २ सय ७२ सिट आवश्यक रहने प्रावधान अन्तर्गत बीजेपी नेतृत्वको गठबन्धन, राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले यो लक्ष्य पार गर्ने एक्जिट पोलको बिश्लेषण छ । मोदीको पार्टी बीजेपी करिब दुई तिहाई सीटहरू लिन नजिक रहेको अनुमान गरिएको छ ।
सात चरणमा सम्पन्न मतदानको नतीजा सार्वजनिक हुनु अघि मोदीले भारतीय जनताले आफनो नेतृेत्वको सरकारलाई मत दिएको उल्लेख गर्दै आफु तेश्रो कार्यकालका लागि पुन निर्वाचीत हुने प्रतिक्रिया दिनुभएको छ । मतगणना जारी रहेकै बेला प्रधानमन्त्रीले आफनो जीत हुने बिश्वास ब्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री मोदीले यस चुनावमा जीत हासिल गरेका खण्डमा उहाँका प्रमुख प्रतिद्वन्द्वी भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र विपक्षी दलहरूको गठबन्धनले लामो चुनावी अभियानको क्रममा महत्त्वपूर्ण गति लिने पक्का छ ।
भारतमा अप्रील १९ मा शुरु भएको लोकसभाको चुनाव सात चरणमा सम्पन्न भएको थियो । दुई गठबन्धन बाहेकका अन्य दलले २० देखि ४० सिटसम्म जित्नसक्ने एक्जिट पोलहरुको अनुमान छ ।
एक्जिट पोल सही ठहरिए मोदी तेस्रोपटक सत्तामा फर्किने निश्चित छ । भारतको इतिहासमा स्वतन्त्रतापछि १७ वर्ष शासन चलाएका जवाहरलाल नेहरुपछि कुनै पनि प्रधानमन्त्रीले तेस्रो पटक चुनाव जितेको इतिहास छैन ।
Categorized in अन्तर्राष्ट्रिय