arin enterprises

अनुगमन समितिबाट कोभिड सम्वन्धमा सरकारले गरेका कामकार्वाहीको विवरण माग

SamacharDesk – बिकाश | २०७७ भाद्र १२, शुक्रबार

कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिको पहिलो बैठक बसेको छ ।

संघीय सांसद जीवन राम श्रेष्ठको संयोजकत्वमा गठित उक्त ७ सदस्यीय उपसमितिको आजको बैठकमा उपसमितिको आन्तरिक कार्यविधि, २०७७ छलफल गरि पारित भएको छ ।

कार्यविधि अनुसार उपसमितिले संघ, प्रदेश तथा स्थानीय तह अन्तर्गतका देशभरिका सबै क्षेत्रहरुमा कोभिड १९ को सम्बन्धमा भइरहेका कामहरूको आवश्यक अनुगमन गरि समितिमार्फत निर्देशन दिनसक्नेछ ।

बैठकले अनुगमनका योजनाहरुका बिषयमा सामान्य छलफल गरि अनुगमनमा जानुभन्दा अगाडि विभिन्न कागजात तथा बिवरणहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट झिकाउने निर्णय पनि गरेको छ ।

उपसमिति बैठकको निर्णय बमोजिम समिति सचिवालयले स्वास्थ्य मन्त्रालयसँग ३ दिन भित्रमा प्राप्त हुनेगरि अहिलेसम्म मन्त्रालयले कोभिड १९ को सम्बन्धमा गरेका निर्णयहरु, जारी गरेका निर्देशिका तथा मापदण्डहरु, संचालनमा रहेका आइसोलेसन सेन्टर तथा पिसिआर ल्याबका बिबरणजस्ता कागजातहरुका लागि पत्राचार गरेको छ ।

माग गरेको विवरण प्राप्त भए पश्चात् उपसमितिको अर्को बैठक तत्कालै बसी आगामी अनुगमनको योजना तय गर्ने निर्णय गरिएको छ ।

वैठकमा.सांसद श्रेष्ठका साथमा अञ्जना बिशन्खे, तिलबहदुर महत क्षेत्री, सरिता न्यौपाने, नमिता चौधरी, सन्तकुमार थारु र उपसमितिका अधिकृत अमित यादवको उपस्थिति रहेको थियो ।

Categorized in राष्ट्रिय