arin enterprises

मंकीपक्सको भयावह स्थिति

SamacharDesk | २०७९ श्रावण ८, आइतबार

कोरोना महामारी जस्तै विशेष गरी युरोपमा मंकीपक्सको महामारी भयावह हुन थालेको छ । विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्स विश्वभर पैmलन थालेपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो । यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार विश्वभर १६ हजारभन्दा धेरै मंकीपक्सबाट संक्रमित भएको पुष्टि भइसकेको छ । मंकीपक्कका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ ।

मंकीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा  भने सर्वसम्मती हुन सकेन । तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेकाले त्यसलाई अन्तर्राष्ट्रिय चासोको विषय हुने भएकाले विश्व स्वास्थ्य आपत्काल घोषणा गरिएको उहाँले बताउनुभयो ।

मंकीपक्सबाट युरोप नै सबैभन्दा उच्च जोखिममा परेको र अन्यत्र पनि फैलिने क्रम बढेको डब्लुएचओको विश्लेषण छ ।

Categorized in अन्तर्राष्ट्रिय
SKIP THIS Maharjan Complex