arin enterprises

अफ्रिकी देशमा मंकीपक्सको संक्रमण बढेपछि आपतकालको घोषणा

SamacharDesk | २०८१ श्रावण ३१, बिहिबार

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्स लाई अफ्रिकी देशका केही भागहरूमा जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ।

अफ्रिकी मुलुकहरुमा एमपक्सको रुपमा परिचित मंकीपक्स रोगको संक्रमण दिनप्रतिदिन बढ्दै गएको डब्लूएचओको रिपोर्ट छ ।

संक्रमण बढ्दै गएपछि डब्लुएचओले स्वास्थ्य आपतकाल घोषणा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

मंकीपक्स बाँदर बिफर जस्तै भाइरल रोग हो। यो भाइरसको संक्रमणले सामान्यतया धेरै साइड इफेक्ट गर्दैन, तर दुर्लभ अवस्थामा यो घातक हुन सक्छ।

जसका कारण फ्लुजस्ता लक्षण देखिने र शरीरमा पिपले भरिएका घाउहरु देखा पर्छन् । यो भाइरस ओर्थोपक्स भाइरस जीनस परिवारको सदस्य हो ।

यो रोगले प्रजातान्त्रिक गणतन्त्र कंगोमा मात्र ४ सय ५० जना बढीको मृत्यु भैसकेको छ ।

वैज्ञानिकहरूले पछिल्लो समय मध्य र पूर्वी अफ्रिकाका भागहरूमा संक्रमण फैलिएकोले संक्रमणकै कारण धेरैको ज्यान जानसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका भित्र र बाहिर मंकीपक्स फैलिने सम्भावना धेरै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

यो संक्रमण भएका मध्ये ४ प्रतिशतको मृत्यु हुने गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय