arin enterprises

नेपालमा कोरोनालाई जित्नेको संख्या ११२ पुग्यो

SamacharDesk – विकाश | २०७७ जेठ १२, सोमबार

थप ७ जनाले कोरोनाभाइरसलाई जित्दै निको भएर घर फर्केका छन् ।

आज पाटन अस्पतालबाट पाँच जना, टेकु अस्पताल र तौलिहवामा एक एक जना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पाटन अस्पतालबाट धनुषा, काठमाडौं, वर्दिया, दाङ र धादिङका एक÷एक जना निको भएर डिस्चार्ज भएका हुन् । उनीहरु अस्पताल भर्ना भएको ९औं देखि १०औं दिनमा डिस्चार्ज भएका हुन् ।

त्यसैगरी टेकु अस्पतालबाट सर्लाहीका ३४ वर्षीय पुरुष एक जना डिस्चार्ज भएका छन् । उक्त पुरुष अस्पताल भर्ना भएको ५औं दिनमा डिस्चार्ज भएका हुन् ।

त्यसैगरी तौलिहवाबाट थप एक जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उक्त व्यक्ति स्वास्थ्यकर्मी हुन् ।

प्रवक्ता डा. देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा २५ जना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । तीमध्ये पुरुष १६ जना रहेका छन् भने महिला ९ जना छन् ।

हिजो बेलुकिमात्रै नारायणी अस्पतालबाट एकै परिवारका १८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या एक सय १२ पुगेको छ । तीमध्ये पुरुषहरु ८४ र महिला २८ जना रहेका छन् ।

संक्रमण निको भएकाको प्रादेशिक विवरण अनुसार प्रदेश १ मा निको हुनेको संख्या २६ जना रहेको छ भने प्रदेश २ मा ३३, बागमती प्रदेशमा ११ जना रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा २ जनाले, प्रदेश ५मा ३४ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना निको भएका छन् ।

Categorized in समाज