कोरोनाविरुद्धको खोप लिने एक लाख २८ हजार बढि
SamacharDesk – बिराज | २०७७ माघ २०, मंगलबार

नेपालमा कोरोनाविरुद्ध पहिलाे चरणकाे खोप अभियान अन्तर्गत आज सातौं दिन पूरा भएको छ । गत माघ १४ गतेबाट शुरुवात भएको खोप अभियान अन्तर्गत आजसम्ममा एक लाख २८ हजार बढिलाई खोप दिइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ७७ जिल्लाको २ सय एक खोप केन्द्रबाट आज ४ बजेसम्ममा एक लाख २८ हजार ६५० जनालाई खोप दिइएको छ ।
प्रदेश एकमा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३ र वागमती प्रदेशमा ४५ हजार ३४५ जनालाई खोप दिइएको छ ।
त्यस्तै गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदुरपश्चिम प्रदेशमा ८ हजार ९६३ जनाले खोप प्राप्त गरेका छन् ।
पछिल्लो २४ घन्टामा १५ हजार ४७५ जनालाई खोप प्रदान गरिएको छ ।
जसमध्ये प्रदेश एकमा एक हजार ९५८, प्रदेश २ मा एक हजार १४९, वागमती प्रदेशमा ५ हजार ७३ जनालाई खोप दिइएको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा २ हजार ३४८, लुम्बिनी प्रदेशमा ३ हजार ३३९, कर्णाली प्रदेशमा ५२९ र सुदुरपश्चिम प्रदेशमा एक हजार १०६ जनालाई खोप दिइएको छ ।
Categorized in राष्ट्रिय