arin enterprises

खोप अभियानको पहिलो दिन, ९ हजार बढिलाई खोप दिइयो

SamacharDesk – बिराज | २०७७ माघ १४, बुधबार

नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको आज पहिलो दिन ९ हजार बढि व्यक्तिलाई खोप प्रदान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझको ५ बजेसम्ममा देशका ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९ हजार ८४ जनालाई खोप दिइएको जनाएको छ ।

सबैभन्दा बढि वागमती प्रदेशमा २ हजार ६ सय ९४ जनालाई खोप दिइयो भने सबैभन्दा कम प्रदेश २ मा ७ सय २६ जनालाई खोप प्रदान गरिएको छ ।

त्यस्तै प्रदेश एकमा एक हजार २ सय ५५, गण्डकी प्रदेशमा एक हजार ८ सय ४३, सुदुरपश्चिम प्रदेशमा एक हजार ८२, लुम्बिनी प्रदेशमा ७ सय ३३ र कर्णाली प्रदेशमा ७ सय ५१ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।

खोप लिने कसैमा कुनै पनि किसिमको स्वास्थ्य समस्या नदेखिएको पनि मन्त्रालयले जनाएको छ ।

खोप वितरणमा साथ र सहयोग दिने सबै निकाय, व्यक्तिलाई मन्त्रालयले आभार समेत प्रकट गरेको छ । 

खोप अभियानको पहिलो चरण अन्तर्गत कोरोना संक्रमणको जोखिमको अग्रपंक्तिमा रहेर सेवा दिने, खोप वितरणमा रहने चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स, शव वाहन चालक, कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, सरसफाइमा खटिने फोहर संकलक, चालक, सहचालकलाई खोप दिईँदैछ ।

Categorized in राष्ट्रिय