arin enterprises

पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

SamacharDesk – राम डंगोल | २०८१ जेठ २१, सोमबार

पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ ।

नेपालमा मातृभाषाबाट पत्रकारिता सुरु भएको १०० वर्ष पुगेको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन गरिएको हो ।

जेठ १९ र २० गते भएको दुई दिने सम्मेलनको उद्घाटन सत्र ललितपुरको स्टाफ कलेजमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो भने उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भक्तपुरको एक पार्टी प्यालेसमा सम्पन्न गर्नुभयो ।

सो अवसरमा उहाँले मातृभाषाको संरक्षण र विकासमा सरकारका निकायहरुले आवश्यक ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले मातृभाषाबाट सञ्चालन भएका सञ्चारमाध्यमप्रति सम्मान प्रकट गर्दै उहाँले यो प्रकाशन वा प्रशारणको विषय मात्र नभएर यसले मौलिक संस्कृति जोगाउन योगदान पुगेको बताउनु भयो ।

दुई दिने सम्मेलनले ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न गरियो । घोषणापत्रमा नेपालको पहिलो मातृभाषा पत्रकारिता सुरु गर्ने पहिलो पत्रकार धर्मादित्य धर्माचार्यको जन्मोत्सवमा ‘अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता दिवसका रुपमा मनाउने, मातृभाषा सम्पदा, लोप हुन लागेको भाषाको संरक्षण, आदिवासी ज्ञानको संरक्षण, सीप र प्रविधिको रक्षाका निम्ति मातृभाषा पत्रकारिताको प्रवद्र्धन गर्ने,

मातृभाषाबाट सूचना प्राप्त गर्ने र अभिव्यक्ति स्वतन्त्र अधिकारको सुरक्षित गर्ने, विश्वभर मैत्रीपूर्ण सम्बन्ध राख्न  तथा विश्वमा शान्ति, मैत्रीभाव वहाल गर्न मातृभाषा पत्रकारितालाई उत्कर्षमा पु¥याउने, मातृभाषा पत्रकारिता र सञ्चार माध्यमलाई राज्यस्तरबाट संरक्षण गराउने,

मातृभाषा पत्रकारिताको प्रवद्र्धनका लागि आवश्यक तालिम दिने, मातृभाषा सम्बन्धी कार्यक्रमहरु अगाडि बढाउँदै लैजाने तथा त्यसको लागि आर्थिक सहायोग जुटाउने साथै मातृभाषाबाट पत्रकारिता गरिरहनु भएकाहरुलाई पनि आर्थिक सहयोग जुटाउने,

अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारि दिवस विभिन्न कार्यक्रम गरी विभिन्न स्थानमा नियमित रुपमा मनाउने उल्लेख गरिएको छ ।

सो घोषणापत्रमा नेवाः पत्रकार राष्ट्रिय दबूया अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, सार्क जर्नालिजम् फोरमका अध्यक्ष राजु लामा, बंगलादेशका मोहम्मद अब्दुल रहमान, भारतका सुधांशु अनिरुद्ध र भुटानया किन्ले डेमाले हस्ताक्षर गरिएको छ ।

सम्मेलनमा नेपाल लगायत भारत, बंगालादेश, भुटानको सहभागिता रहेको थियो भने नेपालको विभिन्न स्थानमा रही मातृभाषा पत्रकारिता गरिरहनु भएका ४६ पत्रकारहरुले सहभागिता जनाएको थियो । सम्मेलनमा दुई जना विशिष्टि व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्य तथा नेवाः पत्रकार राष्ट्रिय दबूका श्रीकृष्ण महर्जन रहेका छन् ।

निवर्तमान मेयर शाक्यले आप्mनो कार्यकालमा महानगरपालिकाभित्रका विद्यालयहरुमा १ देखि ८ कक्षासम्म नेपालभाषा विषय अनिवार्य पढाउनुपर्ने कार्यको थालनी गरेकोले सो सम्मान प्रदान गर्नुभएको थियो ।

त्यस्तै दबूका श्रीकृष्ण महर्जनले बागमती प्रदेशमा तामाङ र नेपालभाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोगमा ल्याउने उल्लेखनीय भूमिका खेल्नु भएकोमा सो सम्मान प्रदान गरिएको थियो ।

Categorized in राष्ट्रिय