arin enterprises

न्हूदँमा मोटरसाइकल र्‍याली हुने

SamacharDesk – बिराज | २०७८ कार्तिक १७, बुधबार

नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) ११४२ को अवसरमा मोटरसाइकल र्‍याली र सामूहिक म्हपूजा कार्यक्रम हुने भएको छ ।

सिन्हः स्वां खलःले न्हूदँको अवसर पारेर मोटरसाइकल र्‍याली र सामूहिक म्हपूजा कार्यक्रम गर्न लागेको हो । खलःले शनिबार बसन्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्ष यी दुवै कार्यक्रम निःशुल्क गर्ने जानकारी दिएको हो ।

काठमाडौंको वसन्तपुरबाटै शुरु हुने मोटरसाइकल र्‍यालीले काठमाडौं उपत्यकाको तीनै शहर काठमाडौं, भक्तपुर र ललितपुर परिक्रमा गर्नेछ ।

र्‍याली पुनः बसन्तपुरमै पुगेपछि सामूहिक म्हपूजा गरिने खलःका संरक्षक मनोज नेवाः खड्गीले जानकारी दिए ।

म्हपूजालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित यस वर्ष विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिको साथमा राजदूतहरुलाईसमेत म्हपूजामा सहभागी गराउन पहल भइरहेको संरक्षक खड्गीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा खलःका पूर्व अध्यक्ष साथै मोटरसाइकल र्‍यालीका संयोजक निरन श्रेष्ठले र्‍यालीको रुटको बारेमा जानकारी गराएका थिए ।

र्‍यालीको लागि समन्वय गरिरहेको संस्था नेपाल खड्गी सेवा समितिकी अध्यक्ष अंजिता खड्गीले र्‍यालीलाई व्यवस्थित र भव्य बनाउन विभिन्न संघसंस्थासँग भइरहेको समन्वयको बारेमा जानकारी गराएकी थिइन् ।

खलःका अध्यक्ष उमेश खड्गीले खलःको विभिन्न गतिविधिको साथमा र्‍याली र म्हपूजा कार्यक्रमको तयारीको बारेमा बताएका थिए ।

Categorized in समाज