arin enterprises

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र १४, बुधबार

सुनसरीमा मंगलबार दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३७ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित सडकमा मे.१ ख २७३४ नम्बरको बस र को.२९ प ४७६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–५ बस्ने ३७ वर्षीय भोज कुमार श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in समाज
SKIP THIS buddhan jayanti 2082