बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र २८, बुधबार

दाङको घोराहीमा सडकमा गुडिरहेको मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१७ बेलबासस्थित सडकमा मंगलबार राती भएको दुर्घटनामा सोही ठाउँ बस्ने २३ वर्षीय सौगात वलीको मृत्यु भएको हो ।
ना.६ ख १४८६ नम्बरको बसले वलीले चलाउँदै गरेको लु.४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका वलीलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
साथै दुर्घटनामा मोटरसाइकलमा पछाडी बसिरहेका एक जनाको जनाको उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज