arin enterprises

खोला मापदण्डको विरोधमा मोटरसाइकल र्याली हुँदै

SamacharDesk – बिराज | २०८२ पौष २२, मंगलबार

खोला मापदण्डको विरोधमा चरणवद्ध कार्यक्रम गर्दै आएको भूमि अधिकार संरक्षण समितिले भोलि (बुधवार) मोटरसाइकल र्याली गर्ने भएको छ ।

खोला मापदण्डको खारेजीको माग गर्दै समितिले भोलि मोटरसाइकल र्यालीको आयोजना गर्न लागेको हो ।

भोलि पुस २३ गते बुधवार टेकु खोल्चापाखा, रुद्रविनायक मन्दिरबाट बिहान ११ः०० बजे मोटरसाइकल र्याली सुरु भई ललितपुर हुँदै भक्तपुर पुगिने समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले जानकारी दिए ।

‘भूमि हाम्रो प्राण हो, संपुर्ण खोला मापदण्ड खारेज गर, मापदण्डको नाममा हाम्रो भूमि लुट्न बन्द गर’ लगायतका नारासहितको प्लेकार्ड प्रदर्शन गर्दै र्याली काठमाडौं महानगरबाट ललितपुर महानगर, मध्यपुर थिमि नगरपालिका हुँदै भक्तपुर नगरपालिका पुग्ने अध्यक्ष प्रजापतिले बताए ।

‘टेकुबाट सुरु हुने र्याली सुरुमा काठमाडौं महानगरको कार्यालय पुग्नेछ । त्यसपछि ललितपुर महानगरको कार्यालय पुल्चोक, मध्यपुर थिमि नगरपालिकाको कार्यालय हुँदै भक्तपुर नगरपालिकाको कार्यालय पुग्नेछ’ प्रजापतिले जानकारी दिए ।

र्याली केही समयको लागि नगरपालिकाको कार्यालयमा रोकी शान्तिपूर्ण प्लेकार्ड प्रदर्शन गर्दै अघि बढ्ने प्रजापतिको भनाई हो । र्याली पुनः काठमाडौमै पुगेर समापन हुने आयोजकले जनाएको छ ।

Categorized in राष्ट्रिय