arin enterprises

जसपा राष्ट्रको सच्चा पहरेदार भएको सांसद श्रेष्ठको दावी

SamacharDesk – विकाश | २०७७ आषाढ २७, शनिबार

जनता समाजवादी पार्टीका तर्फबाट सांसद राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनताको सवालमा आफ्नो पार्टी प्रतिवद्ध रहेको र बताउनभएको छ ।

समाचारडेस्कसँग कुराकानी गर्दै सांसद श्रेष्ठले राष्ट्रिय एकताको सवालमा कुनै किसिमको सम्झौता नहुने दावी गर्दै सांसद सरिता गिरीलाई पार्टिबाट निस्कासन गरीएको घटना यसको पछिल्लो उदारहण भएको दावी गरे ।

पार्टी संसदीय दलको निर्णय र पार्टीको ह्वीप समेत उल्लङ्घन गरेकोल जसपाले सांसद गिरीलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरेको थियो ।

देशको निशान छाप परिवर्तनका लागि सरकारले ल्याएको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ को पक्षमा मतदान गर्ने पार्टीको निर्णयको विरुद्ध गएकाले उनलाई पार्टीले कारवाही गरेको थियो ।

यस निर्णयबाट जसपा पार्टी भित्र अनुशासन र पद्धतिलाई मजबुत गर्न मद्दत मिल्ने विश्वास सांसद श्रेष्ठले व्यक्त गर्नुभयो । साथै, यसबाट जसपा पार्टी राष्ट्रिय स्वाधिनता, भूअखण्डता र सार्वभौमसत्ताको पहरेदार भएको प्रमाणित गरेको श्रेष्ठको ठहर छ ।

‘जसपाले राष्ट्रियता विरुद्ध जाने आफ्नो सांसदलाई कारवाही गर्यो, सत्तारुढ नेकपामा यस्तो विषयमा कसैलाई कारवाही गरेको छ त ?’ सांसद श्रेष्ठले प्रश्न तेर्साउनुभयो । ‘नेकपाको राष्ट्रवादको भण्डाफोर भएको छ । नेकपाको राष्ट्रवाद देखावटी हो भनेर प्रमाणित भएको छ ।’

नश्लवादीहरुको पहिचान गरी सहि निर्णय लिन पनि सांसद श्रेष्ठले सबैलाई आव्हान गर्नुभयो ।

योसँगै संघीय संसद सचिवालयले सरिता गिरीको सांसद पद रिक्त भएको जनाएको छ ।

सचिवालयले सूचना जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३६ को उपदफा २ तथा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ बमोजिम गिरीको सांसद पद रिक्त भएको जनाएको हो ।

संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार सूचना प्रकाशित गर्दै गिरीको समानुपातिक सांसद पद रिक्त हुन आएको जनाएका हुन् ।

गिरीको सांसद पद रिक्त भएसँगै उनको ठाउँमा पार्टीले लिला सिटौलालाई सिफारीस गरेको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082