arin enterprises

सांसदहरुले कोरोनाविरुद्ध खोप लगाए

SamacharDesk – बिकाश | २०७७ फाल्गुण १९, बुधबार

कोरोना भाईरसविरुद्धको खोप अभियान अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले खोप लगाएका छन् ।

यसै क्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आज कोरोनाविरुद्धको खोप लिएका छन् ।

खोप लिएपछि उनले खोप अभियानमा कोही नछुटुन् भन्दै यस अवसरको सदुपयोग गर्न पनि सबैमा आव्हान गर्नुभएको छ । साथै उहाँले खोपको आविष्कार भएपछि मानिसले फेरी एकपटक विषाणुका विरुद्ध विजय हासिल भएको महसूस भएको समेत बताए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि निजामति अस्पताल पुगेर खोप लगाएका छन् । आफ्नो पालो अनुसार सबैले खोप लगाउन आग्रह गर्दै देउवाले महामारीको अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दुरी कायम गर्न पनि आग्रह गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाउँदै यो खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको हुँदा सबैले निर्धक्क भएर लगाउन आग्रह गरे ।

त्यसैगरी नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पनि खोप लगाएकि छन् । झाक्रीले खोप लगाएर सुरक्षित हुन सबैमा आग्रह गरेकी छन् ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082