arin enterprises

मुग्लिन नारायणगढ सडकखण्ड दुई तर्फी सवारी संचालन हुन समय लाग्ने

SamacharDesk | २०७९ जेठ २६, बिहिबार

पृथ्वी राजमार्ग  अन्तर्गत मुग्लिन नारायणगढ सडकखण्डमा गएराति पहिरो गएका कारण सडक अवरुद्ध बनेको छ ।

राजमार्गको पहिरो हटाउन कार्य भइरहे पनि दुईतर्फी सवारी साधन संचालन हुन समय लाग्ने बताइएको छ ।  

चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका २ स्थानमा पहिरो झरेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नम्बर ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा बिहान ४ बजे पहिरो खसेर  उक्त सडकखण्ड अवरुद्ध भएको हो। 

अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो झर्ने क्रम समेत नरोकिएका कारण सडक खुलाउन प्रयास भइरहेता पनि समस्या आइरहेको चितवन प्रहरी कार्यालयले बताए ।

सडक खुलाउन दुई ओटा जेसीबी प्रयोग भइरहेको जनाएको छ । पहिरो झरी राती सवा ११ बजेबाट दुई तर्फी अवरुद्ध भएको सडकमा सवारी आवागमन पुर्ण रुपमा ठप्प भएको छ ।

सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मुवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् ।

Categorized in राष्ट्रिय