नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध
SamacharDesk | २०८० आषाढ १७, आइतबार

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
सडकको नौ ठाउँमा पहिरो झरेको जनाएको छ । पहिरो पन्छाउन ४र५ घण्टा लाग्ने बताइएको छ । अहिले राजमार्गमा सवारी साधन अलपत्र परेका छन् । गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
पहिरो पन्छाउदै गाडी चलाउदै गरेपनि राती ठूलो पहिरो झरेपछि राजमार्ग बन्द भएको सडक डिभिजन कार्यालयले जनाएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् ।
पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
Categorized in समाज