कमैया मुक्त भएको २१ वर्ष पुग्दा पनि दैनिक छाक टार्नै मुश्किल
SamacharDesk | २०७९ श्रावण २, सोमबार

०५७ साल साउन २ गते कमैया मुक्ति अन्त्य भएकोको औपचारिक घोषणा भएको आज २१ वर्ष पुगेको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपालमा रहेका सबै कमैयाहरु मुक्ता भएको घोषणा गरेका थिए ।
कमैया प्रथा सोही दिनको सम्झनामा मुक्त कमैयाले काठमाडौँ उपत्यकासहित थारू बहुल सबै जिल्लामा कमैया मुक्ति दिवस मनाउँदै छन् । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो ।
वर्षौंसम्म मालिकका घरमा दास जसरी बसेकालाई मुक्त घोषणा गरिए पनि उनीहरुको गाँसबासको प्रवन्ध सरकारले नमिलाइदिँदा मुक्त कमैयाहरुले आन्दोलनको रुपमा मुक्ति दिवस मनाउँदै आएका छन् ।
तर अहिलेसम्म कमैयाहरु साँचो अर्थमा मुक्त भने हुन सकेका छैनन् । उनीहरुको पुनर्स्थापना तथा व्यवस्थापन हुन सकेको छैन । विशेषगरी कैलाली, बदिर्या, कञ्चनपुर, बाँके, दाङ र सुर्खेतमा मुक्त कमैया धेरै छन् ।
विगतमा सरकारले मुक्त कमैया प्रथा अन्त्य गर्न केही कदम चाले पनि त्यो अपूग र असान्दर्भिक देखिएको छ । मुक्त कमैया मुक्त गर्न सरकारले विगतमा चालेका कदमहरुमा उनीहरुलाई जग्गा वितरण तथा घर बनाउन काठहरु उपलब्ध गराएका थिए । तर त्यति असान्दर्भिक नै देखियो ।
किनकि उनीहरुलाई जग्गाका लालपूर्जा त दिइयो तर जग्गा भने छैन, सरकारले पूर्जा दिएको जग्गा बगरमा छ । बगरमा गएर बस्न नमिल्ने मुक्त कमैयाहरु बताउँछन् ।
त्यस्तै २०६३ सालमा सरकार र मुक्त कमैयाका बीचमा प्रति परिवार ५ कठ्ठा जग्गा प्रदान गर्ने, घर बनाउने काठ किन्न एक लाख रुपैयाँ प्रदान गर्ने लगायतका सहमति भएको थियो । तर, आज मुक्त कमैयालाई त्यस्तो ठाउँमा जग्गा दिइएको छ, जहाँ केही उत्पादन हुँदैन, विजुली बत्ती, खानेपानी, अस्पताल, विद्यालय केही नभएको मुक्ता कमैयाहरु बताउँछन् ।
मुक्त भएको २१ वर्ष पुग्दा समेत मुक्त कमैया परिवारमा साँझ र बिहानको छाक कसरी टार्ने भन्ने प्रमुख समस्या यथावत् रहेको देखिन्छ ।
Categorized in राष्ट्रिय