arin enterprises

मुलरद्वारा सम्झौता नविकरण

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ४, बुधबार

जर्मनी क्लब बायर्न म्युनिखका थोमस मुलरले सम्झौता नविकरण गरेका छन् । मिडफिल्डर मुलरले सन् २०२५ को जुनसम्म बायर्नमै रहने गरि सम्झौता नविकरण गरेका हुन् ।

समाजिक संजाल एक्समा फोटो पोस्ट गर्दै २०२५ सम्म क्लबमा रहन सम्झौता हस्ताक्षर गरेकोमा खुशी लागेको बताएका छन् ।

बायर्नका अध्यक्ष हर्बर्ट हैनरले भने “थोमस मुलरले एक महान खेलाडि हुन् । हामी सबै चाहन्छौं कि उनले म्युनिखवाटै सन्यास लियोस् ।”

बायर्नलाई धेरै मानिसले आकार दिएको उनको भनाई छ ।

“मुलर जस्तो खेलाडी फेरी हुने छैनन् भनेका हामी वार्तामा छौं, मलाई आशा छ कि उनी हामीसँगै रहनेछ ।” हैनरले थपे ।

३४ वर्षीय मुलरले आफ्नो सम्पुर्ण खेल जिवन बायर्नबाटै खेलेका छन् ।

सन् २००८ मा डेब्यु गरेका उनले बायर्नको सिनियर टिमबाट ६ सय ८४ वटा खेल खेल्दै १२ बुन्डेसलिगाको उपाधि, दुई च्याम्पियन्स लिगको उपाधि, ६ जर्मन कप र ८ जर्मन सुपर कपको उपाधि जितेका छन् ।

यस सिजन बायर्न लिग लिडर लिभरकुसन भन्दा ४ अंकले पछि छ ।

Categorized in स्पाेर्ट्स