arin enterprises

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न

SamacharDesk – राम डंगोल | २०८० फाल्गुण १७, बिहिबार

काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी शुरु भएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ बुधबार सम्पन्न भएको छ ।

प्रदर्शनी राष्ट्रिपति रामचन्द्र पौडेलले शुभारम्भ गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनीको समापन गर्नुभएको छ ।

विभिन्न ५१ देशका १३७ चित्रकारले बनाएका दुई सय १३ वटा भन्दा बढी चित्रहरू समावेश रहेको आयोजकको भनाइ छ ।

आयोजकले स्वदेशी तथा विदेशी ४३ जना चिकारहरुले खोटाङमा पाँच दिने वर्कसप लाइभ पेन्टिङ भएको बताउनु भयो ।

प्रदर्शनी गर्नुको मुख्य उद्देश्य खोटाङको पर्यटन प्रवद्र्धन गर्ने र दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य राखेको बताउनु भयो ।

सो अवसरमा दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका, खोटाङका प्रमुख तीर्थराज भट्टराईले चित्रलाई दिक्तेलमा संग्रहालयका रुपमा विकास गर्ने बताउनु भयो ।

उहाँले दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका र खोटाङ जिल्लाभरका ऐतिहासिक तीर्थस्थलहरुलाई चित्रमा उतारिएको बताउनु भयो ।

Categorized in पेजथ्री