नवनिर्वाचित राष्ट्रपति मुर्मुले लिइन् सपथ
SamacharDesk | २०७९ श्रावण ९, सोमबार

भारतको इतिहासमै पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति बन्नु भएका द्रौपदी मुर्मुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सोमबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश एनभी रमानाबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र १५औँ राष्ट्रपति बनेका छन् । सपथ समारोहमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए ।
कार्यक्रममा मुर्मुको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक लोकसभा अध्यक्ष ओम बिर्ला र विभिन्न दलका सांसदहरूको उपस्थिति थियो ।
उहाँले सोमबारदेखि कार्यभार सम्हाल्नु हुने भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय