arin enterprises

वरिष्ठ संगीतकार बास्कोटालाई मातृशोक

SamacharDesk – बिराज | २०८२ पौष २०, आइतबार

वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई मातृशोक परेको छ । उनकी आमा मिटु बास्कोटाको आइतबार बिहान निधन भएको छ ।

१०६ वर्षकी मिटुको उपचारको क्रममा ओम अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई आइतबार बिहानै चाबहिलस्थित ओम अस्पताल पुर्याइएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । स्वर्गीय मिटुलाई उनका सुपुत्र शम्भुजितले दागबत्ती दिए ।

मिटुका एक छोरा शम्भुजित  र ३ छोरी रहेका छन् ।

गएको पुस १२ गते शनिवार स्वर्गीय मिटुको १०६औं जन्मदिन परेको थियो ।

संगीतकार बाँस्कोटाले आमाको निधन पछि आफ्नो फेसबुक वालमा यस्तो लेखेका छन्, ‘मेरो आमाले मलाई एक्लै छोडेर यो संसारबाट सधैंका लागि बिदा लिनुभयो ।’

Categorized in पेजथ्री