आठ जना बाल प्रतिभालाई ‘नइ बाल पुरस्कार’
SamacharDesk – बिजयरत्न | २०८० फाल्गुण २२, मंगलबार

२०७९ सालको ‘नइ देरुनीख बाल पुरस्कार’ ४ देखि १५ वर्षका आठ जना बालबालिकालाई प्रदान गरिँदैछ ।
नई प्रकाशनले पुरस्कारको लागि आआफ्नो ठाउँमा योगदान दिने ४ देखि १५ वर्ष उमेरका आठ जना बालबालिकाको नाम टुंगो लगाएको हो । ‘
नइ देरुनीख बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ ईशा प्रजापति परेका छन् । त्यस्तै नृत्यतर्फ कृष्मा ढुङ्गाना, खेलकुदतर्फ आहाना कार्की छन् ।
पुरस्कृत हुने बालबालिकाहरुलाई ताम्रपत्रसहित जनही दस हजार रूपैयाँ प्रदान गरिनेछ ।
यसैगरी नृत्यमा नइ कोपिला पुरस्कार ऋषिका घिमिरे र नइ चिचिला पुरस्कार श्रेस्मी दाहाललाई दिने भएको छ । ताम्रपत्रसहित यी दुई पुरस्कारको राशि सात हजार र पाँच हजार रूपैयाँ रहेको छ ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले आगामी चैत ३० गते काठमाडौंमा २०७९ सालका सम्पूर्ण नइ पुरस्कारहरु प्रदान गरिने जानकारी दिइन् ।
Categorized in पेजथ्री