“विष्णु–नाती फोटो पत्रकारिता पुरस्कार” नरेश श्रेष्ठलाई
SamacharDesk | २०८० भाद्र ११, सोमबार

यस वर्षको “विष्णु–नाती फोटो पत्रकारिता पुरस्कार ११४३” दि हिमालयन टाइम्सका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ ।
श्रेष्ठ दुई दशकदेखि फोटाग्राफी तथा फोटो पत्रकारितामा सक्रिय रहनु भएका व्यक्तित्व हुनुहुन्छ ।
नेपालको फोटो पत्रकारिता क्षेत्रमा अनवरत लाग्नुभएका फोटो पत्रकार नातिकाजी महर्जनले आफु र आफ्नो धर्मपत्नी विष्णुदेवी महर्जनको नाममा ‘विष्णु–नाती फोटो पत्रकारिता सिरपाः’ स्थापना गर्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले श्रेष्ठलाई दस हजार रुपियाँसहित सम्मानपत्रले पुरस्कृत गर्नुभयो ।
फोटो पत्रकार श्रेष्ठलाई सम्पदा, चाडपर्व, परम्परा, संस्कृति प्रचारप्रसारमा फोटो पत्रकारिताबाट महत्वपूर्ण योगदान दिएको भन्दै सम्मानित गरिएको हो ।
पुरस्कारदाता फोटो पत्रकार महर्जनका अनुसार नेवार परम्परा, संस्कृति, चाडपर्व, रितिथिति आदिमा फोटो पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष सम्मानित गर्न यो पुरस्कार स्थापना गरिएको हो ।
यस्तै कार्यक्रममा नेवाःसंस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उद्धेश्यले २०६४ सालदेखि चिग्वः धिमे बाजा प्रशिक्षण दिँदै आउनुभएकी सुनिता महर्जनलाई विशेष सम्मान गरिएको छ ।
Categorized in पेजथ्री