सगरमाथाको उचाइ बढ्यो
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीन दुवै देशले एकैपटक सार्वजनिक गर्दै ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर पुगेको जनाएको हो ।
नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको घोषणा गरे ।
सगरमाथाको उचाइ मापन नेपाल र चीनले छुट्टाछुट्टै गरेका थिए । नेपालबाट भने नापी विभागका दुई अधिकारी खिमलाल गौतम र रविन कार्की सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो ।
सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको जनाएको छ ।
यसअघि सगरमाथाको ८८४८ मिटर उचाईको मापन सन् १९५४ सर्वे अफ इन्डियाले गरेको थियो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने सहमति सन् २०१० मा भएको थियो ।
Categorized in राष्ट्रिय