arin enterprises

आज रातीबाट लन्डनबाट नेपाल आउन रोक

SamacharDesk – बिकाश | २०७७ पौष ८, बुधबार

लन्डनमा नयाँ प्रकारको कोरोनाभाइरस देखिएपछि ४० भन्दा बढि देशले लन्डन आवतजावतमा रोक लगाइसकेको छ । यसै क्रमममा नेपाल सरकारले पनि लन्डनबाट नेपाल आउनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

नेपाल र यूकेबीच सिधा हवाई सेवा छैन । यद्यपि विभिन्न देश हुँदै लन्डनबाट मानिसहरू नेपाल आउने गरेका छन् ।

नागरिक उड्ययन प्राधिकरणले सबै वायुसेवालाई आज राति ११ः५९ पछि यूकेबाट वा यूके हुँदै नेपाल आइपुग्ने यात्रुहरूलाई नल्याउन निर्देशन दिएको छ ।

ट्रान्जिटमा आइसकेका र उडान शुरू गरिसकेकाहरूका लागि होटलमा क्वारन्टीन राखेर स्वास्थ्य परीक्षण गरेर पठाउने तर उडान बाँकी रहेकाहरूलाई भने रोक्ने निर्णय भएको कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले जनाएको छ ।

कोरोनाभाइरसको नयाँ प्रकारलाई नेपाल भित्रिन नदिन सरकारले गरेको निर्णय सकारात्मक रहेको जनस्वास्थ्यविद्हरूले जनाएका छन् । तर नेपालमा कोरोनाभाइरस महामारी मच्चिइरहेकै बेला परीक्षण घट्नुले पनि नयँ प्रकारको भाईरस नेपालमा देखिनसक्ने चिन्ता जनस्वास्थ्यविद्हरुले पोखेका छन् ।

Categorized in राष्ट्रिय