arin enterprises

आज १०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस

SamacharDesk | २०७९ पौष १७, आइतबार

अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै नेपालमा आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाइरहेको छ ।

२०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि जनस्तरबाट टोपी दिवस मनाउन थालिएको हो ।

मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइरहेको छ ।

आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइरहेको छ ।

यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा ¥यालीसमेत गरिएको छ । र्यालीमा सहभागीहरुले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवद्र्धनका लागि दिवस मनाउनुपरेको बताए ।

कार्यक्रममा राष्ट्रिय पोशाक संरक्षण अभियान नेपालका संयोजक राजनन्द माण्डव्यले १० वर्षदेखि राष्ट्रिय पोशाक दिवस र टोपी दिवस मनाउँदै आएको बताउनु भयो ।

उहाँले विश्वमा रहेका नेपालीहरुलाई पनि स्मरणार्थ यो दिवस मनाउने गरिएको बताउनुभयो । उहाँले पोशाक दिवसको अभियानको रुपमा नेपालका पोशाकलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउन सक्नुपर्ने बताउनु भयो ।

त्यस्तै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका महासचिव श्याम बजगाईंले नेपालको मौलिकतालाई बचाइराख्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय पोशाकलाई राष्ट्रिय पोशाकको रुपमा घोषणा गर्नुपर्ने बताउनु भयो ।

नेपालमा आज १०औं टोपी दिवस मनाइरहँदा पछिल्ला दिनहरुमा भने यसले फेशनको रुप लिएको छ । युवायुवतीहरु आजको दिन टोपी तथा राष्ट्रिय पोशाकमा सजिन थालेका छन् ।

नेपालमा भादगाउँले तथा ढाकाको टोपीको प्रचलन रहेको छ । विशेष गरी पहाडी क्षेत्रमा जुनसुकै समुदायमा पनि टोपी अभिन्न वस्त्र हो ।

Categorized in राष्ट्रिय