नेपाली श्रृजना अन्तर्राष्ट्रिय बजारमा लान नौलो डिजिटलको शुरुवात
SamacharDesk – बिकाश | २०७७ भाद्र १९, शुक्रबार

अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा नौलो डिजिटल नामक एउटा डिजिटल प्लेटफर्मको शुरुवात गरिएको छ ।
विशेषगरी युट्युबमार्फत संचार प्रविधि यात्रा थालनी गरेको नौलो डिजिटलका सुनिल माथेमा प्रधानले कुनै पनि किसिमको श्रव्यदृश्य सिर्जनालाई विश्वभर पुर्याउनु नै नौलो डिजिटलको विशेष उद्देश्य रहेको बताएका छन् ।
सर्जक, निर्माता र दर्शक बीचको दूरी घटाउन पुल बन्ने विचारसहित नौलो डिजिटल थालिएको प्रधानले बताए ।
‘विशेषगरी अहिले सूचना प्रविधिका साधन सबैको हातहातमा पुगिसकेको अवस्थामा सर्जकले प्लेटफर्म वा श्रोता र दर्शकले अन्यत्र श्रृजना खोजेर हिँड्नुपर्ने अवस्था नभइसक्यो’ प्रधानको भनाई हो । ‘सबै प्रकारका श्रव्यदृश्य सिर्जनाकालागि सर्जकले प्लेटफर्म अर्थात दर्शक वा श्रोताको खोजिमा भौंतारिहन नपर्ने र दर्शकले अन्यत्र कतै खोजिरहन नपर्ने गरी नौलो डिजिटल विकास भएको हो ।’
सेप्टेम्बर एक तारीखबाट शुरु गरिएको नौलो डिजिटलमा पहिलो कार्यक्रमको रुपमा पलेटी विथ अपला शिर्षकको शो शुरु गरिएको छ ।
अडियोभिज्युअलको माध्यमबाट डकुमेन्ट्रि, शर्ट फिल्म, फिचर फिल्म, ईन्टरभ्यू, टक शो, फेशन सम्बन्धी सामग्रीहरु, याम्प वाक, रियालिटी शो लगायत कुनै पनि खालका सिर्जनालाई सरल र सहज रुपमा दर्शमसम्म पुर्याउने बताइएको छ ।
यो डिजिटल प्लेटफर्मकोलागि सम्बन्धित सबै सर्जकहरुले आआफ्ना सिर्जनाहरु उपलब्ध गराउन प्रधानले आव्हान गरे ।
यसको आयबाट सर्जकलाई पनि रोयल्टी प्रदान गरिने पनि प्रधानले जानकारी गराए ।
Categorized in पेजथ्री
