arin enterprises

नेकपा स्थायी कमिटी वैठक फेरी स्थगित

SamacharDesk – विकाश | २०७७ आषाढ २४, बुधबार

नेकपा स्थायी कमिटी वैठक आज पनि स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आजको तय भएको वैठक अन्तिम सयममा आएर स्थगित भएको हो ।

आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अब असार २६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । 

योभन्दा अघि सोमबारका लागि बैठक तय भएको थियो । विवादित विषयमा सहमति जुट्न नसकेपछि आज बस्ने भनिएको बैठक फेरी २६ गतेसम्मका लागि स्थगित भएको हो ।

विवाद समाधानका लागि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच निरन्तर छलफल चलिरहेको छ । हिजो पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको थियो ।

गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुङ्गिएको छैन ।

स्थायी समितिका बहुमत सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । ओलीले भने आफुले कुनै पनि पदबाट राजीनामा नदिने अडान दोहोर्याउँदै आएका छन् ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082