नेकपा (एस) १६ वडाको शुभकामना कार्यक्रम सम्पन्न
SamacharDesk – बिराज | २०८१ आश्विन २२, मंगलबार

नेकपा (एकिकृत समाजवादी) १६ वडा कमिटीको आयोजनामा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कमिटीले गत शनिबार काठमाडौंको नयाँ बजारमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका २३ वडाबाट आयोजित प्रयागराज सिंह स्मृति फुटसलको विजेता १६ वडाको टोलीलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा (एस) १६ वडा कमिटीका अध्यक्ष लक्ष्मण गमालले बाढी, पहिरो, डुबानमा परी भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरे ।
‘एकातिर केही दिन अघि मात्रै बाढी, पहिरोको कारणले परेको दुःख छ, अर्कोतिर दशैं जस्तो उत्सव छ । दुःखकष्ट, समस्यासँग जुध्दै अघि बढेर बाधा, अप्ठ्यारा, समस्यालाई परास्त गर्नु नै त जीवन हो’ गमालले भने ।
कार्यक्रममा नेकपा (एस) का उपमहासचिव एवम् पूर्वमन्त्री गंगालाल तुलाधर, वागमती प्रदेश सांसद वसन्त मानन्धर लगायतको उपस्थिती रहेको थियो ।
Categorized in राजनीति