arin enterprises

विद्युत प्राधिरणले भारतमा विद्युत बेच्न टेण्डर आह्वान गर्यो

SamacharDesk | २०७९ बैशाख २३, शुक्रबार

नेपाल विद्युत प्राधिकरणले खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ । आज सार्वजनिक सूचना मार्फत टेण्डर आह्वान गर्दै प्राधिकरणले वर्षायाममा खेर जाने २ सय मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुबाट प्रस्ताव माग गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी  जगेडा भएको विद्युत  १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने जनाएको छ । भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीहरुलगायतले बिद्युत खरिदका लागि प्रतिश्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

प्राधिकरणले नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिनेछ ।

कम्पनीले कम्तिमा ५० मेगावाटका लागि प्रस्ताव हाल्नु पर्ने छ भने बोलकबोल पद्धतीमा जसले बढी मूल्य प्रस्ताव गर्छ उसैसंग सम्झौता हुने प्राधिकरणले जनाएको छ । आगामी जुलाई १ तारिखदेखि विजुली विक्री गर्ने गरी प्रक्रिया अघि बढाइएको हो ।
कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ ९४८ हजार रुपैयाँ० प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नुपर्नेछ ।

भारतले गत महिना नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका ६ वटा विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादित ३६४ मेगावाट विजुली भारतीय कम्पनीहरुले खरिद गर्नसक्ने अनुमति दिएको छ ।

Categorized in राष्ट्रिय