arin enterprises

नेकका इन्जिनियरले बनाए हाते सेफ्टी ट्याङ्की पम्प

SamacharDesk | २०८० मङ्सिर ९, शनिबार

नेपाल इन्जिनियरिङ कलेजका इन्जिनियरहरुले सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प तयार गरेका छन् ।

ग्रामिण क्षेत्र जहाँ विद्युत पुगेको छैन त्यस्ता क्षेत्रहरुमा उपयोगी हुने हाते सेफ्टी ट्याङ्क पम्प निर्माण गरिएको हो ।

कलेजको मेकानिकल इन्जिनियरिङ विभागको विभागीय प्रमुख प्रोफेसर सावित्री त्रिपाठीको अगुवाईमा मेकानिकल इन्जिनियर डा. अरुण सत्याल, प्रकाश वस्याल र अनिल सापकोटाले गुल्पर प्रोजेक्ट अन्तरगत सेफ्टी ट्याङ्की सफा गर्न हाते पम्पको विकास गरेका हुन् ।

फलाम, डोरी तथा पुरानो गाडीको टायरबाट निर्माण गरिएको सेफ्टी ट्याङ्की हातेपम्प खासगरी ग्रामिण क्षेत्र तथा न्यून आय भएका समुदायले सजिलै प्रयोग गर्न सकुन् भनेर तयार पारिएको बताइएको छ ।

‘यसमा पुराना सामग्रीहरु फलाम, गाडीको टायर र डोरीहरु प्रयोग गरिएको छ । विकसित देशहरुमा यस्तो सामग्रीहरुको आवश्यक्ता नपर्ने भएकोले नेपाल जस्तो ग्रामिण क्षेत्रहरुका लागि यो नविनतम साधन हो ।’

डा.अरुण सत्यालले जानकारी दिए । सेफ्टी ट्याङ्की हातेपम्प निर्माण गर्नु अगाडी उनीहरुले कम्प्युटरमा अवधारणा तयार गरेर निर्माण थालेका थिए । ब्राउन गोल्ड प्रोजेक्ट अन्तर्गतको आर्थिक सहयोगमा सेफ्टी ट्याङ्की हातेपम्प निर्माण गरिएको हो । पम्पको परीक्षण भने हुन बाँकी छ ।

नेपालमा ८१ प्रतिशत मानिससँग सेफ्टी ट्याङ्की भएपनि त्यसलाई खाली गर्न पर्याप्त मात्रामा साधन नभएको र खर्चिलो साथै सबै ठाउँमा पहुँच नभएकोले ती ठाउँहरुमा सुरक्षित रुपमा खाली गर्ने औजार दिनसके सेफ्टी ट्याङ्की सफा गर्ने व्यक्तिहरु सुरक्षित हुनुको साथै जमीनमुनीको समेत पानी दुषित हुनबाट रोक्न सकिन्छ सेफ्टी ट्याङ्की हातेपम्प निर्माण गरिएको प्रोफेसर त्रिपाठीको दावी छ ।

बुधबार नवनिर्मित सेफ्टी ट्याङ्की हातेपम्प अवलोकन गर्न परियोजनाका प्रमुख प्रोफेसर लैला मेहता लगायत १६ जनाको टीमले नेकको भ्रमण गरेका थिए ।

उक्त टीममा प्रोफेसर मेहतासँगै इन्टरनेशनल डेभलपमेन्ट स्टडिज्, सक्सेस यूके, आइआइटी बम्बे, मेकेले युनिभर्सिटी इथोपिया, SOPPECOM भारत, IWMI घाना, ब्राइटन युनिभर्सिटी यूके जस्ता अन्तराष्ट्रिय शैक्षिक संस्थाहरु लगायत क्ष्म्क् नेपाल यस परियोजनामा सहभागी छन् ।

Categorized in विज्ञान-प्रविधी