नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
SamacharDesk | २०८१ भाद्र १२, बुधबार

नेकपा एकीकृत समाजवादीको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ ।
मंगलबार सहमति हुन बाँकी पदमा निर्वाचन भएको हो। एकीकृत समाजवादीले पहिलो पटक गरेको महाधिवेशनलाई ‘१० औं महाधिवेशन’को नाम दिएको महाधिवेशन हलबाट माधवकुमार नेपाललाई अध्यक्ष, घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई सम्मानीत नेतामा पुन: दोहोर्याएर छ।
उक्त समयमा बाँकी केन्द्रीय सदस्य १० दिनभित्रै टुंग्याउने घोषणा भएपनि लामोसम्म केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको थिएन। मंगलबार घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत भएका थिए।
मङ्ललबार राती आएको मत परिणाम अनुसार निर्वाचनबाट महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । राईले १८९ मत ल्याउँदा प्रतिद्वन्द्वि रामकुमारी झाँक्रीले ११२ मत ल्याएर पराजित भएकी हुन्।
त्यस्तै, मधेश समुदायको उपाध्यक्षमा धर्मनाथप्रसाद साह विजयी हुनुभयो । उहाँले १६४ मत ल्याउनुभयो । रामचन्द्र झाले १४४ मत ल्याउनुभयो । उपाध्यक्षमा ११ जनाको प्रतिस्पर्धा भएकोमा डा.गगांलाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, भानुभक्त जोशी १५६ र प्रकाश ज्वालाले १३९ मत ल्याएर विजयी हुनुभयो ।
उपमहासचिवममा मेटमणि चौधरीले १५८ मत ल्याएर विजयी हुनुभयो । त्यस्तै रामकुमार खड्का १०७, गरिमा साहले १०५ ल्याएर विजयी हुनुभयो । राजेन्द्र राईले १०६ मत ल्याउनुभयो ।
दलित समुदायको सचिवमा गणेशबहादुर विश्वकर्माले १८० मत ल्याएर विजयी हुनुभयो । निरादेवी जैरुले १०५ र कृष्णबहादुर नेपालीले २७ मत ल्याउनुभयो ।
आदिवासी जनजाती सचिवमा वलदेव चौधरीले १७५ मत ल्याएर विजयीहुँदा राजन राइले २६ र टोकबहादुर तामाङ वाइवाले ९१ मात्रै ल्याउनुभयो ।
खुल्ला सचिवमा शेरबहादुर कुँवर १५३, सोमप्रसाद पाण्डे १४१, श्रीनाथ वराल १०७, सावित्रीकुमारी भुसालले १०६ र चन्द्रबहादुर साहीले ९१ मत पाएर विजयी भए ।
सचिव पदमा २६ जनाको उम्मेदवारी परेको थियो । पोलिटव्यूरो सदस्यका लागि भएको निर्वाचनको मतगणना बुधबार दिउँसो हुने जनाइएको छ ।
Categorized in राजनीति