नेपाल भाषालाई कामकाजी भाषा बनाउनै पर्छ : मन्त्री शैलेन्द्र बज्राचार्य
SamacharDesk – समाचारडेस्क | २०८० चैत्र २९, बिहिबार

नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा स्थापित गर्नुपर्ने नवनियुक्त बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले बताउनुभएको छ ।
विहीबार देवाः देय् दबूले गरेको विचार विमर्श कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा नवननियुक्त मन्त्री बज्राचार्यलाई बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएकोमा बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
मन्त्री बज्राचार्यले बागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा विकास गर्न तथा चलनचल्तीमा ल्याउनका लागि नै आफू मन्त्री भएको बताउनुभयो ।
उहाँले आप्mनो कार्यकालमै उक्त भाषालाई सरकारी कामकाजी भाषाको रुपमा लागू गर्न आफू त्यसमा निरन्तर लागिपरेको बताउनुभएको छ ।
कार्यक्रममा बागमती प्रदेश राष्ट्रभाषा ऐन निर्माणका लागि निरन्तर लागिपर्नुभएका निवर्तमान बागमती प्रदेश मन्त्री पुकार महर्जनले यो नियम लागू गर्न ढिला गर्न नहुने बताउनुभयो ।
त्यस्तै भाषा आयोगका भूतपूर्व सदस्य तथा भाषाविद् अमृत योञ्जनले प्रदेशमा भाषा ऐन लागू गर्नका लागि चाँडै नै एक विज्ञ टोलीको गठन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यदल सदस्यका रुपमा कार्य गर्नुभएका प्रा.डा. ओमकारेश्वर श्रेष्ठले पनि विज्ञ टोलीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा देवाः देय् दबू उपत्यसका विशेष प्रदेश अध्यक्ष श्रीकृष्ण महर्जनले भाषा ऐनका लागि विगतमा जुन भूमिका निर्वाह गरेको थियो अहिले पनि सोही ढंगले सशक्त रुपमा लागिपर्न आपूmहरु तयार भएको बताउनुभयो ।
कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशया बरिष्ठ न्वकू नविन थेच्वमि, सचिव गंगादेवी महर्जन, सचिवालय सदस्य अधिवक्ता नरेश श्रेष्ठ, भाषिक अभियन्ता अनुपसिंह सुवालले चाँडो भन्दा चाँडै भाषा ऐन लागू गर्नुपर्नेमा जोडदिनुभएको थियो ।
Categorized in राजनीति