arin enterprises

आयोगले सम्पूर्ण मतपत्र छपाईको काम सकायो

SamacharDesk | २०७९ बैशाख २३, शुक्रबार

निर्वाचलन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाईको काम सम्पन्न गरेको जनाएको छ ।

आयोगले नियमित पत्रकार सम्मेलन गर्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले छापिएको मतपत्रहरु सम्पूर्ण जिल्लामा ढुवानी सम्पन्न हुने जानकारी दिनुभयो । त्यस्तै स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थाबाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न आयोगले निर्देशन दिएको छ ।

यस्तै, उपयुक्त कारण परेको अवस्था बाहेक कुनै कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको छ । प्रवक्ता पौडेलले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य खटिएका ठाउँमा अविलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको  जानकारी गराउनु भयो ।

Categorized in राष्ट्रिय